१४ बैशाख २०८१, शुक्रबार

रत्न लक्ष्मी मावि रिघालाई ८६ लाख चन्दा वोल

बागलुङ । रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाले हिरक महोत्सवको तयारी तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न तथा विद्यालयको शैक्षिक स्तरवृद्धिको लागि हाल सम्म सञ्चालित आर्थिक अभियानवाट ८६ लाख १२ हजार वोल रकम प्राप्त भएको आर्थिक समितिका संयोजक धन बहादुर श्रीसले जानकारी दिए । 

आगामी मंसिर २५ गते देखि २९ गते सम्म सञ्चालन गर्ने हिरक महोत्सवको लागि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले शनिबार मुल समारोह सञ्चालन समितीको वैठक सम्पन्न गरेको छ । बैठकले घरदैलो तथा प्रचार प्रसारलाई थप तिव्रता दिने, विभिन्न समितिहरुलाई तिव्रता दिने, अन्तर पालिका, अन्तर वडा भेटघाट, पूर्व विद्यार्थी, शिक्षक, समितका पदाधिकारीहरु संग भेटघाट तथा निमन्त्रणा गर्ने, कार्यक्रमका प्रायोजक खोज्नेलगायतका निर्णय गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्