२७ बैशाख २०८१, बिहीबार

‘अनुसन्धान’ को ट्रेलर सार्वजनिक

बुटवल । बहुचर्चित गायिका विष्णु माझी र अशोक विकको आवाजमा रहेको नयाँ गीत ‘अनुसन्धान’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर धुन नेपालको युटयुव च्यानलबाट सार्वजनिक भएको हो ।

तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको यस गीतमा गायक तथा मोडल किशोर खत्रीको मर्मस्पर्शी लय सिर्जना सागर रेग्मीको शब्द सिर्जना रहेको छ । 

गीतको बजार व्यवस्थापन धुन नेपालले र गीतको म्युजिक भिडियो जनता फिल्मसले भिडियो निमार्ण गरेको हो । म्युजिक भिडियोमा किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, मानिकुमर राइ (हुक्का दादा) र बिबिसा पोखरेल लगाएतका कलाकारहरुको अभिनय रहने छ । 

समाजमा घट्न यथार्त घटनालाई कथा बनाईएको गीतको म्युजिक भिडियो निमार्णमा निकै मेहनत गरेकोले यसले धेरै दर्शक तथा श्रोताहरुको साथ पाउने निर्माण पक्षले विश्वास लिएको छ । 

रेशम दर्लामी र दिपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र डि.आर. सुजनको निर्देशनमा गीतको म्युजिक भिडियो तयार भएको हो ।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्