१८ चैत २०८२, बुधबार

‘राहत र कोपिला दिदी’ [कविता]

राहत पाउने झिनो आशामा 
वडा कार्यालय पुगेकी दिदीलाई 
जब उनको नागरिकता मागियो,
घरबेटीको हस्ताक्षर मागियो,
जसको कुनै नागरिकता छैन् 
जसको कुनै घरबेटी छैन्
बस् उनलाई यति मात्रै थाहा छ कि 
उनकी आमाले उनलाई 
सडक मै जन्म दिएकी हुन्,
सडक मै हुर्काएकी हुन् 
उसको कुनै थर छैन्,
मात्र उनकी आमाले बोलाउने 
एउटा नाम छ ‘कोपिला’
र वस् उनलाई यति थाहा छ कि 
उसको घर आकाश हो र 
घरबेटी उसको भगवान् हो !

उसलाई थाहा नै छैन् जबकी 
यो नागरिकता भनेको के हो ?
यो कस्तो हुन्छ भनेर ?
खासमा भन्नू पर्दा 
उनलाई आफ्नो परिचय नै थाहा छैन्,
आमाले मायाले कोपिला भन्छिन् अनि 
अरुले दिएको परिचय वेश्याको छोरी, 
आभारा, खते जे भने पनि सहन्छिन् 
कस्तो बिरक्त, कहाली लाग्दो जिन्दगी 
यस्तो सुन्दा हुन्छ उनलाई धेरै पीडा 
तर सुन्नै पर्ने समाजले दिएको छ बाध्यता 
लाग्छ ! होला कस्तो दुःखको जिन्दगी ।

श्रीमान अध्यक्ष ज्यू,
अब भन्नुहोस् 
ती, विचरी दिदीले कसरी ल्याउन 
सक्छिन नागरिकता..? 
जसको घर नै छैन्, 
जो घरभाडा मै बस्दिन्न् 
वस, बस्छिन् त एउटा सडकको पेटिमा
अब कसरी ल्याउन सक्छिन् 
घरबेटीको हस्ताक्षर ?
त्यसैले म दश औँला जोडेर विन्ती 
बिसाउँछु अध्यक्ष ज्यू, 
अहिले तपाईँको कमिशन राख्ने,
गोजी रित्तो देख्ने समय होइन् ।
घरमा भएको भकारीलाई 
भोको नसम्झनुस् 
किनकि  यहाँ सबैलाई थाहा छ,
तपाईं अनि तपाईँको परिवारको 
गोजी रित्तो छैन्,
तपाईको खाद्यान्नको भकारी रित्तो छैन् 
मात्र तपाईको जनताप्रतिको माया 
रितिएको छ,
कमिशनले भरिने पेट भोकाएको छ,
त्यसैले यस्तो विपत्ति आपतमा 
वहाना नबनाई दिनुहोस् अध्यक्ष ज्यू !

ती दिदी त एउटा समाजको पात्र 
मात्र  हुन्, ती दिदिजस्ता हजारौं 
दिदिहरु छ्न्,
त्यसैले ती दिदी र दिदी जस्तालाई 
अलिकति भए पनि राहत दिनुहोस् 
उनको भोको पेटले,
तपाईँलाई जिउँदो भगवान मान्ने छ
र, फेरि पनि त्यही कुर्सीको मालिक 
बनाउने छ !

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्