२६ बैशाख २०८१, बुधबार

आधिँखोला लघुवित्तको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम 

गुल्मी । अँधिखोला लघुवित्त गुल्मी शाखाको आयोजनामा  प्रथम केन्द्र प्रमुख, उपप्रमुख तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । 

कार्यक्रमको उद्घाटन गर्दै मेयर भुसालले लघुवित्त सँस्थाले ग्रामीण महिलाहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा आँधिखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले लघुवित्त सँस्थाले नाफालाई भन्दा पनि ग्रामीण स्तरमा रहेका महिलाहरुको जीवनस्तर उकास्न ध्यानकेन्द्रीत गरेको बताए । 

यस्तै कार्यक्रममा आँधिखोला लघुवित्तका प्रबन्धक बाबुराम कुँवारले वित्तीय साक्षरता सम्बन्धी तालीम प्रदान गरेका थिए । आँधिखोला लघुवित्तका शाखा  प्रमुख ज्ञानेश्वर मरासीनीले सँस्थाको आर्थिक प्रगती प्रतिवेदन पेश गर्दै २ बर्षको अवधिमा सँस्थाले ५ लाख ४० हजार बढी नाफा कमाउन सफल भएको बताए ।  

२०७४ बैशाख २० गते बाट गुल्मीको सदरमुकाम तम्घासमा शाखा स्थपना गरी सञ्चालनमा आएको संस्थाले हालसम्म कुल ७८ लाख भन्दा बढी निक्षेप संकलन गरी २ करोड २८ लाख भन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ । ३ जना कर्मचारी आवद्ध रहेको संस्थामा ७ सय १५ जना सक्रिय सदस्य रहेका छन ।  शाखाले हालसम्म ३ सय ९३ जनालाई ऋण प्रदान गरेको जनाएको छ । 

सोही कार्यक्रममा गुल्मी शाखा अन्र्तगत सञ्चालीत ५४ वटा केन्द्र मध्ये कार्यसम्पादन मुल्याङनको आधारमा उत्कृष्ट ५ वटा केन्द्रलाई  पुरस्कार समेत वितरण गरिएको थियो ।  जसमा पहिलो उत्कृष्ट केन्द्रको रुपमा सक्रिय महिला समुह नम्बर ६, दोस्रो उदीनढुङ्गा महिला समुह नम्बर ३, तेस्रो समुह नम्बर १४ सिजर्नशील महिला समुह तथा सान्त्वना केन्द्रको रुपमा चाङघाट महिला समुह नम्बर ४१ र  समुह नम्बर २९ फेँदीया महिला समुह रहेका छन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्