बले र प्रिज्माको ब्रेकअपले उर्लिएको भ्युज
काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोल युट्युवमा एक करोड पटक हेरिने पहिलो नेपाली सिरियल बनेको छ ।
यसअघि फिल्म र म्युजिक भिडिओलाई मात्र करोडभन्दा पटक हेर्ने अंकगणित थियो । करोड क्लबमा भद्रगोल प्रवेश गरेसँगै युट्युवका दर्शकमाझ पनि सिरियलको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ । तर, नेपालमा अन्य सिरियल पनि युट्युवमा रिलिज भएपनि तीमध्ये कसैले यो मानक हासिल गर्न सकेका थिएनन् ।
आफू अभिनित सिरियललाई करोड पटक हेरिएपछि अभिनेता कुमार कट्टेल जिग्री ब्रोले दर्शकलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति जारी गर्दै दर्शकको साथ र मायाको कारण युट्युवमा यो कीर्तिमान बन्न सकेको बताए ।
दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा १ करोड बढी पटक हेरिएको छ । सिरियलका एकजना कलाकारमध्येका सागर लम्साल बले र उक्त एपिसोडमा गेस्ट रोलको रुपमा देखिएकी प्रिज्मा खतिवडाको ब्रेकअपको चर्चाको कारण यो एपिसोडले पछिल्लो समय भ्यूज पाएको हो ।
यो एसिपोडलाई मार्च १५, २०१९ मा युट्युवमा अपलोड गरिएको थियो । पछिल्लो समय बले र प्रिज्माको ब्रेकअपले सामाजिक संजाल तातिरहेको छ ।
सोही कारण यसले पछिल्लो समय भ्यूज बढी पाएको अनुमान गरिएको छ । हाल ‘सक्किगो नि’को लेखन एवं निर्देशन गर्दै आएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सो समयमा ‘भद्रगोल’ लेखन एवं निर्देशन गर्दै आएका थिए ।
प्रतिक्रिया थप्नुहोस्