१५ मङ्सिर २०८०, शुक्रबार

‘जाम भो माइली’ लाई एक करोड भ्यूज

बुटवल । सर्जक तथा गायक प्रकाश दूतराजको ‘जाम भो माईली’ युट्युवमा एक करोड पटक हेरिएको छ । यो सँग प्रकाशले करोड क्लबमा ह्याट्रिक गरेका छन् । 

पछिल्लो दुई वर्षको अवधिमा सार्वजनिक उनका तीन गीत ‘जाम भो माईली’ सहित  ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ ले युट्युबमा एक करोड बढी भ्युज पाएका छन् । ‘जाम भो माइली’ प्रकाशले दुई महिनाअघि मात्रै सार्वजनिक गरेका हुन् । आफ्नै शब्द तथा संगीत रहेको यो गीत पनि प्रकाशले शान्तिश्री परियारसँग गाएका छन् ।

मौसम हिमालीको कथा तथा निर्देशनमा बनेको भिडियोमा प्रकाश आफैंले अभिनय गरेका छन् । उनको साथमा रोशनी कार्की र निक शर्माको अभिनय छ ।

यो गीतको भ्युज भर्खरै एक करोड पुगेको हो । यी तीनवटै गीतको भिडियो प्रकाशले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका हुन् ।

म्याग्दीका प्रकाशले पछिल्लो समय आफ्ना एकपछि अर्को सिर्जनामार्फत स्रोता-दर्शकको मन जितिरहेका छन् । लोकदोहोरी क्षेत्रका स्थापित कलाकारहरुले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् ।

प्रकाशका गीतलाई रुचाउनुको कारण हो, उनका सिर्जनामा गाउँ समाज, परिवेशका कथा पाइन्छ । उनका ‘आरने’, ‘चोली मैलै भो’ लगायतका अन्य गीतलाई पनि स्रोता-दर्शकले रुचाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्